
नेपाली नयाँ वर्षको पिकनिक कार्यक्रम स्थगित सम्बन्धी अत्यन्त जरुरी सूचना।
सम्पूर्णमा नमस्कार,
अप्रत्याशित प्रतिकूल मौसम तथा वर्षाको पूर्वानुमानका कारण आउँदो शनिबार अप्रिल ११ तारिख शनिबार को दिनमा स्प्रिङ लेक रिजनल पार्कमा युनाइटेड नेपलिज अफ क्यालिफोर्नियाद्वारा आयोजना गर्न लागिएको नेपाली नयाँ वर्षको पिकनिक कार्यक्रम स्थगित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं।
उक्त कार्यक्रम अब मङ्गलबार जुन 9 तारिखका दिनमा समर पिकनिकका रूपमा आयोजना गरिने व्यहोरा पनि जानकारीका लागि अनुरोध गर्दछौं। यस कार्यक्रमको स्थान तथा अन्य डिटेल पछि जानकारी गराइने छ !
यहाँहरूले देखाउनुभएको सदासयता तथा सम्पूर्ण सहयोगको लागि हामी युनाइटेड नेपालीज अफ क्यालिफोर्निया परिवार आभार व्यक्त गर्न चाहन्छ ! उक्त इभेन्टको लागि यहाँहरूबाट प्राप्त भएको सम्पूर्ण साधन स्रोतहरू युनाइटेड नेपलीज अफ क्यालिफोर्नियाको संरक्षणमा सुरक्षित रहने र पुननिर्धारित समर पिकनिक कार्यक्रममा पूर्णरूपमा उपयोग गरिने कुरा जानकारीका लागि अनुरोध छ।
उक्त अप्रत्यासित घटना बाट यहाँहरू सबैजनामा पर्न जाने असुविधाका लागि युनाइटेड नेपलीज अफ क्यालिफोर्निया परिवार यहाँहरू सबैमा क्षमा याचना गर्न चाहन्छ ! फेरि पनि यहाँहरूको धैर्यता,बुझाई तथा सहयोगका लागि हामी आभारी छौँ।
- युनाइटेड नेपलीज अफ क्यालिफोर्निया परिवार !


